Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको २८ सयले घटेर तोलाको ३ लाख १४ हजार २ मा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख १७ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले घटेर ५४९५ मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५५१५  मा कारोबार भएको थियो ।