Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो ।

अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । स्वर्गीय ओलीको पार्थिव शरीरलाई परिवारले गुण्डुस्थित ओली निवासमा लैजाने तयारी गरेको छ। आजैपशुपतिनाथ आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।

स्वर्गीय मोहनप्रसाद ओलीका दुई छोरा तीन छोरी छन् ।