Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

रवि लामिछाने बिरामी, के भयो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ‘बिरामी’ परेका छन् ।

लामिछानेलाई भाइरल ज्वरो आएको उनका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए ।उनलाई पुरानो खुट्टाको घाउका कारणले नभइ चुनावमा दौडधुप र प्रेसरको कारणले ज्वरो आएको सचिव आचार्यले जानकारी दिए । 

उनका अनुसार लामिछाने अस्पताल भर्ना भने भएका छैनन् । उनी आफ्नै निवासमा आराम गरिरहेका छन् ।