Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

महालक्ष्मी विकास बैंकद्धारा दुईदिने कार्यशाला तथा दिगो बैकिङ्ग प्रवृद्धनको लागि पदयात्रा कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकले मिति २०८२ साल फागुन २४–२५ गते बैंकको वार्षिक कार्यक्रम अन्तर्गत दुईदिने कार्यशालाको आयोजना गरी वातावरण, संस्कृती र सम्पदा संरक्षण तथा दिगो बैकिङ्ग प्रवृद्धन प्रति आफ्नो प्रतिबद्धता जाहेर गर्दै सामुहिक पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक र अन्य कर्मचारीहरुको उत्साहजनक सहभागिताका साथ सम्पन्न यस दुई दिने कार्यक्रमले बैंकको आर्थिक वर्ष २०८२–८३ को हालसम्मको समग्र वित्तीय अवस्था र हालै सम्पन्न सफल निर्वाचन पछिको सकरात्मक परिस्थिति तथा अन्तराष्ट्रिय परिस्थितिबाट सृजना हुन सक्ने आर्थिक चुनौतीहरुको समेतको विश्लेषण गरेको छ ।

बैकिङ्ग क्षेत्रले दिगो वित्तीय अभ्यासहरु अपनाउनुपर्छ भन्ने सन्देश आम जनमानसमा प्रवाह गर्न ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले महत्वपुर्ण रहेको फेवाताल किनारमा सामुहिक रुपमा पदयात्रा गर्दै कार्यक्रम सम्पन्न भएको हो । साथै उक्त कार्यक्रममा हरित बैकिङ्ग र दिगो वित्तीय रणनितिको आवश्यकता माथि विशेष जोड दिइएको छ ।


“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्ष देखी अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ५० हजार भन्दा बढी ग्राहकहरु रहेका छन् ।