Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

सिके राउत नेतृत्वको जनमतले बोलायो निर्वाचन समीक्षा बैठक

सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय सचिवालय तथा उम्मेदबार-पर्यवेक्षकहरूसँग निर्वाचन समीक्षा बैठक बोलाएको छ । 

जनमत पार्टीले आज बुधबार निर्वाचन समीक्षाको लागि केन्द्रीय सचिवालय बैठक राखेको हो । लगत्तै उम्मेदबार र पर्यवेक्षकहरूसँग अनलाइन बैठक दिउँसो राखेको छ।

यस्तै, केन्द्रीय समितिको विस्तारित बैठक भने विहिबारका  लागि डाकेको छ । विहिबार फाल्गुन २८ गते बिहीबार निर्वाचन समीक्षाको लागि केन्द्रीय समिति सदस्य, राष्ट्रिय परिषद् र प्रदेश समन्वय समितिको संयुक्त विस्तारित अनलाइन बैठक विहान ११ बजेदेखि राखेको छ।

भर्खरै सम्पन्न निर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टीले कुनै पनि सिट जित्न सकेन भने राष्ट्रिय दलको हसियत समेत गुमाएको छ ।