Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

झिनो मतले हारे भीम रावल, कांग्रेसका स्वार विजयी

अछाम-१ मा नेपाली कम्युनिस्ट पार्टीका नेता भीमबहादुर रावल पराजित भएका छन् । उनी नेपाली कांग्रेसका भरतकुमार स्वारसँग झिनो मतले पराजित भएका हुन् । 

स्वारले १० हजार ७५९ मत ल्याउँदा रावल १० हजार २३३ मतमा सीमित भए । तेस्रोमा नेकपा एमालेका दीपक बहादुर साउद छन् । जसको मत ७ हजार ३८९ छन् । 

यस्तै रास्वपाका ओमप्रकाश रावलले १ हजार ७३९ मत मात्र प्राप्त गरेका छन् ।