Jun 13 2026

Jun 13 2026 | शनिवार, जेठ ३० गते २०८३

देशभर लहर छाएको रास्वपा जाजरकोटमा पराजित, कांग्रेसका बुढा विजयी

जाजरकोटमा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत पराजित भएका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार रहेका बस्नेतलाई नेपाली कांग्रेसका खड्गबहादुर बुढाले २ हजार ७३५ मतले पराजित गरेका हुन् ।

विजयी बुढाले २० हजार १४२ मत प्राप्त गरेका छन् भने बस्नेतले १७ हजार ४०७ मत प्राप्त गरेका छन् । त्यस्तै, रास्वपाका उम्मेदवार राघव कार्कीले जम्मा २ हजार ४७१ मत मात्र प्राप्त गरेका छन् ।

उनी जिल्लामा युवाहरूबिच परिचित युवा नेता हुन् ।