Jun 12 2026

Jun 12 2026 | शुक्रवार, जेठ २९ गते २०८३

अन्तर्राष्ट्रिय बालश्रम दिवसको अवसरमा हरिपूर्वामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय बालश्रम दिवसको अवसरमा हरिपूर्वा नगरपालिका–५ स्थित श्री केश्वर गरिब जनता माध्यमिक विद्यालयको प्राङ्गणमा बालश्रम न्यूनीकरण तथा बालअधिकार संरक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। गैरसरकारी संस्था वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग, बागमती सेवा समाज नेपालको साझेदारी तथा हरिपूर्वा नगरपालिकाको समन्वयमा सञ्चालित “बालसमृद्धि र एकीकृत विकासका लागि हातेमालो” परियोजनाअन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो।

WhatsApp Image 2026-06-12 at 2.29.11 PM (1).jpeg

कार्यक्रमको उद्घाटन हरिपूर्वा नगरपालिका–५ का वडा अध्यक्ष विजय भूषण प्रसाद साहले बालश्रम अन्त्यसम्बन्धी सन्देश अंकित ब्यानर वाचन गर्दै गरेका थिए। कार्यक्रममा विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूले कविता वाचन, वक्तृत्वकला तथा बालअधिकार र बालश्रमविरुद्धका विभिन्न सिर्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रममा हरिपूर्वा नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८ र ९ का वडा अध्यक्षहरू, उपमेयर, प्रहरी प्रतिनिधि, कार्यपालिका सदस्यहरू, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

WhatsApp Image 2026-06-12 at 2.29.11 PM.jpeg

कार्यक्रममा आफ्नो धारणा व्यक्त गर्दै वडा नं. ३ का वडा अध्यक्ष प्रमोद यादवले हरिपूर्वा नगरपालिकामा बालश्रमको समस्या विगतको तुलनामा केही हदसम्म घट्दै गए पनि पूर्ण रूपमा अन्त्य हुन नसकेको बताए। उनले इँट्टाभट्टा, होटल तथा अन्य क्षेत्रमा अझै पनि बालश्रम देख्न पाइने उल्लेख गर्दै यसको प्रमुख कारण गरिबी रहेको बताए।

WhatsApp Image 2026-06-12 at 2.29.11 PM (2).jpeg

उनले भने, "बालबालिकाको स्थान विद्यालय हो, श्रमस्थल होइन। बालश्रम न्यूनीकरण तथा अन्त्यका लागि स्थानीय सरकार प्रतिबद्ध छ। आगामी दिनमा यस विरुद्ध थप प्रभावकारी कदम चालिनेछ। साथै, पालिकामा रहेको यस समस्याको समाधानका लागि पहल गरेकोमा आयोजक संस्थाप्रति धन्यवाद व्यक्त गर्दछु।"

WhatsApp Image 2026-06-12 at 2.29.12 PM.jpeg

कार्यक्रममा वक्ताहरूले बालश्रमले बालबालिकाको शिक्षा, स्वास्थ्य, मानसिक विकास तथा उज्ज्वल भविष्यमा नकारात्मक असर पार्ने भएकाले यसको अन्त्यका लागि राज्य, स्थानीय तह, अभिभावक, विद्यालय तथा सम्पूर्ण समुदाय एकजुट हुनुपर्नेमा जोड दिएका थिए। कार्यक्रमको विशेष आकर्षणका रूपमा आयोजित प्रतिबद्धता हस्ताक्षर अभियानमा उपस्थित जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूले बालश्रम अन्त्यका लागि आफ्नो प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेका थिए।

WhatsApp Image 2026-06-12 at 2.29.12 PM (1).jpeg

कार्यक्रमको मुख्य उद्देश्य बालश्रम अन्त्य गर्दै प्रत्येक बालबालिकालाई शिक्षा, सुरक्षा, संरक्षण र सम्मानपूर्ण वातावरण सुनिश्चित गर्नु रहेको आयोजकले जनाएको छ। यस वर्षको अन्तर्राष्ट्रिय बालश्रम दिवसको मूल नारा: “Red Card to Child Labour: Fair Play for Children, Decent Work for Adults” अर्थात् “बालश्रमलाई रातो कार्ड : बालबालिकाका लागि न्यायपूर्ण अवसर, वयस्कका लागि मर्यादित रोजगारी” रहेको थियो। कार्यक्रममा सहभागीहरूले बालश्रममुक्त समाज निर्माणका लागि सबै पक्षले आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

WhatsApp Image 2026-06-12 at 2.30.21 PM.jpegWhatsApp Image 2026-06-12 at 2.30.21 PM.jpeg