Jun 12 2026

Jun 12 2026 | शुक्रवार, जेठ २९ गते २०८३

सुस्ता प्रकरणमा सरकारको प्रतिक्रिया : आवश्यक कदम चालिन्छ

पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आज भारतीय सुरक्षाकर्मी (एसएसबी)हरू छिरेपछि सरकारले आवश्यक कदम चाल्ने बताएको छ । 

शुक्रबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्नेक्रममा सञ्चारकर्मीलाई जवाफ दिँदै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सरकारले आवश्यक कदम चाल्ने बताएको हुन् ।

‘सुस्तामा बस्नु भएको नागरिकले भूमिलाई रक्षा गरेर बस्नु भएको छ । उहाँहरूलाई नमन गर्नुपर्छ,’ उनले भने, ‘यससम्बन्धी परराष्ट्र मन्त्रालयले आवश्यक कदम चाल्ने छ ।’