काठमाडौंको नयाँ बानेश्वरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी मृत्यु हुने सरकारी कर्मचारी रहेको खुलेको छ ।
मंगलबार बिहान सिभिल अस्पतालअगाडि प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी स्कुटरमा सवार बद्री कोइरालालाई बा२क ३२२९ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवन भट्टराईका अनुसार, सुनसरीको इनरुवा नगरपालिका–५ का कोइराला भक्तपुरको लोकन्थलीमा बस्दै आएका थिए । उनी ४८ वर्षीय कोइराला नायब सुब्बा पदका कर्मचारी हुन् ।
उक्त टिपरका चालक गोरखाका २६ वर्षीय विकास थापामगरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।