Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ५६ सयले बढेर तोलाको ३ लाख २६ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख २० हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५  रुपैयाँले बढेर तोलाको ६०२० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५९८५ मा कारोबार भएको थियो ।