Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुन्छ कारोबार ?

नेपाली बजारमा सुनको भाउ सोमबार पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ३२ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको भाउ तोलामा १७० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ५९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।