Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

फिल्म 'राम नाम सत्य' को पहिलो गीत 'धागोले बाटेको' सार्वजनिक

आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘राम नाम सत्य’को पहिलो गीत ‘धागोले बाटेको’ सार्वजनिक गरिएको छ ।

लोकलयमा आधारित यस गीतमा बाबुल गिरी र रचना रिमालको स्वर रहेको छ भने डा. डीआर उपाध्यायको शब्द रचना तथा गायक गीत स्वयंको संगीत छ ।

सियोन श्रेष्ठको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी विराज भट्ट र सुपुष्पा भट्टको अभिनय रहको छ । 

एक्सनसहित प्रेम कथामा निर्माण भएको यस फिल्ममा विराज र सुपुष्पासहित सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, स्व. सुनिल थापा, प्रशान्त ताम्राकार, कनिज कोइराला, रवि गिरी, दिनेश डीसी, आशा पौडेल लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । चर्चित टिकटकर आयुषले यही फिल्मबाट डेब्यु गरेका हुन् ।

माइकल चन्दको कथा, पटकथा तथा निर्देशन रहेको यस फिल्ममा उपेन्द्र शाही र स्वेता विमली निर्मातामा छन् । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता रहेको फिल्ममा मानकृष्ण महर्जनको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।

गीत हेर्नुहोस् :