Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु, बनेपा तनावग्रस्त

अरनिको राजमार्गस्थित बनेपामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बनेपाको दूरसञ्चार कार्यालय नजिकै टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो । 

बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिएको थियो ।

घटनापछि बनेपा क्षेत्र तनावग्रस्त बनेको छ । आक्रोशित स्थानीयले ठक्कर दिने टिपर जलाएका छन् । उक्त दुर्घटनामा प्रदर्शनकारीले टिपर जलाउन खोज्दा प्रहरीले अश्रु ग्याँस प्रहार गरेको थियो । दुर्घटनामा एक जना घाइते भएका छन् ।