राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताएका छन् ।
चितवनको कालिका नगरपालिका– ३ मा स्थानीयसँगको छलफलमा लामिछानेले यस्तो बताएका हुन् ।
‘पहिला चितवनमा सुरु गर्दा माहौल थिएन । अब बलियो सरकार बन्छ भन्ने आशा जागेको छ । सुकुम्बासी समस्याबारे मैले पहिलादेखि नै बुझेको छु । नेताहरूले बोलीले होइन काम गरेर देखाउनुपर्ने हुन्छ,' उनले भने ।
उनले अहिले देशभर रास्वपाको पक्षमा माहोल बनेको र निर्वाचनपछि बलियो सरकार बन्ने बताए ।