नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावको माहोल तय भइसकेको जस्तो नदेखिएको बताएका छन् ।
आइतबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
‘चुनाव हुने भयो भने हामी भाग लिन्छौं । चुनावको वातावरण यसै भन्न सकिन्नँ अझै पनि,’ उनले भने । यसै क्रममा उनलाई सञ्चारकर्मीले सोधे, ‘तपाईं के देख्नुहुन्छ ?’
जवाफमा उनले भने, ‘चुनाव त हुन्छ भन्ठान्छु अब ।’
चुनाव भएको खण्डमा आफ्नो पार्टीले भाग लिने पनि ओलीले बताए ।