Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

हर हर महादेव,धर्मो रक्षति रक्षित : बालेन

महाशिवरात्रिको पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा बालेन्द्र शाह (बालेन) ले धर्मको संरक्षण र सद्भावको सन्देश दिएका छन्।

पर्वका अवसरमा उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भगवान शिवप्रतिको आस्था व्यक्त गर्दै पशुपतिनाथ मन्दिरको तस्बिर सार्वजनिक गरेका छन्। तस्बिरसँगै उनले लेखेका छन्, “हर हर महादेव।। धर्मो रक्षति रक्षितः”।

उनको उक्त सन्देशले धर्मको रक्षा गर्दा नै सम्पूर्ण समाज र राष्ट्रको रक्षा हुने भाव प्रकट गरेको छ। महाशिवरात्रि पर्वका अवसरमा देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ भने श्रद्धालुहरूले व्रत, पूजाआजा तथा आराधनाका माध्यमबाट भगवान शिवको पूजा गरिरहेका छन्।