Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

चौरासी वर्ष पुगेका अवसरमा विद्यालयलाई पाँच लाख सहयोग

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका एक परिवारले आफ्ना अभिभावक ८४ वर्ष पुगेका अवसरमा स्थानीय विद्यालयलाई रु पाँच लाख सहयोग गरेको छ । 

रत्नेचौरका भीमबहादुर र भीमकुमारी थापामगरको ८४ पूजाका अवसरमा बिहीबार उक्त रकम विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

थापा दम्पतीका छोरीहरू लक्ष्मी थापामगर, कमलकुमारी थापामगर, सुनिता थापामगर, सविना थापामगर, हरिकुमारी थापामगर र सरिता थापामगरले रु पाँच लाख हस्तान्तरण गरेको विद्यालयका प्रअ विनोद थापाले जानकारी दिए । 

उक्त रकम थापामगर दिदीबहिनीहरूले स्थापना गरेको भीमबहादुर/भीमकुमारी अक्षयकोषमा राखेर त्यसको ब्याज विद्यालयको शैक्षिक तथा भौतिक विकासमा परिचालन गरिने उनले बताए । 

बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापा र जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख दलबहादुर थापाको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो ।