Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको तोलाको ३ हजारले घटेर तोलाको ३ लाख ३ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख ६ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३४०  रुपैयाँले घटेर तोलाको ५००० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५३४० मा कारोबार भएको थियो ।