Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

टस हारेर ब्याटिङ गरेको नेपाल संकटमा, कप्तान रोहित २३ रनमा आउट

भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत इटालीविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल सुरुआतमै दबाबमा परेको हो।

नेपालले कप्तान रोहितकुमार पौडेललाई २३ रनमा गुमाएको छ। उनले केही आकर्षक स्ट्रोक खेले पनि ठूलो इनिङ्स खेल्न सकेनन्। यसअघि पहिलो विकेटका रूपमा ओपनिङ ब्याटर कुशल भुर्तेल ५ रनमै आउट भएका थिए।

त्यस्तै, समाचार तयार पार्दासम्म आसिफ शेख पनि २० रनमा पवेलियन फर्किएका छन्। शीर्ष क्रमका महत्वपूर्ण ब्याटरहरू चाँडै आउट भएपछि नेपाल मध्यमक्रमबाट भरपर्दो प्रदर्शनको अपेक्षामा रहेको छ।

प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग रोमाञ्चक प्रतिस्पर्धामा ४ रनले पराजित भएको थियो। इटालीविरुद्धको खेलमा भने नेपाल जित निकाल्दै प्रतियोगितामा फर्कने प्रयासमा छ।