Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

शेर मल्ल जीपीएस सेवाका ब्रान्ड एम्बासडरमा नियुक्त

नेपालको अग्रणी जीपीएस ट्रयाकिङ कम्पनी जीपीएस सेवाले नेपाली क्रिकेटका उदाउँदा स्पिनर शेर मल्ललाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको घोषणा गरेको छ । हालै जारी टी–२० विश्वकपमा नेपालबाट प्रतिनिधित्व गर्दै मल्लले प्रतियोगिताको उद्घाटन खेलमै सहभागिता जनाएका छन् । अन्तर्राष्ट्रिय मञ्चमा उनको चयन र प्रदर्शनले नेपाली क्रिकेटमा उनको बढ्दो प्रभावलाई स्पष्ट पार्छ ।

एनपिएल विजेतादेखि विश्वकपसम्मको यात्रा
मल्लले नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय स्तरमा व्यापक चर्चा कमाएका थिए । निर्णायक खेलहरूमा उनको प्रभावशाली स्पेलले टोलीलाई एनपिएल ट्रफी उचाल्न महत्वपूर्ण भूमिका खेलेको थियो । उनको निरन्तरता, संयमता र रणनीतिक क्षमताले उनलाई नेपालको सबैभन्दा आशाजनक स्पिन बलरमध्ये एकका रूपमा स्थापित गरिसकेको छ ।

क्रिकेटमा सटीकता, ट्रयाकिङमा विश्वसनीयता
जीपीएस सेवाले नेपालभर विश्वसनीय सवारी ट्रयाकिङ तथा फ्लीट व्यवस्थापन समाधान उपलब्ध गराउँदै आएको छ । नेपालमा जीपीएस डिभाइस तथा सवारी ट्रर्याकिङ प्रणालीको अग्रणी प्रदायकका रूपमा जीपीएस सेवाले व्यवसाय तथा व्यक्तिगत प्रयोगकर्ताहरूलाई सुरक्षा, कार्यक्षमता र पूर्ण नियन्त्रण सुनिश्चित गर्दै आएको छ ।