नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा १०० रुपैयाँले घटेर
प्रतितोला तीन लाख ६ हजार ५०० रुपैयाँ तोकेको छ ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर पाँच हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।