Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आज पनि बढ्यो सनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ४ हजार १ सयले बढेर तोलाको ३ लाख ४ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २४० रुपैयाँले बढेर तोलाको ५२५०  मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५०१० मा कारोबार भएको थियो ।