Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

शेयर बजारमा दोहोरो अंकको गिरावट, ११ अर्ब ६५ करोडको कारोबार

साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोर अंकको गिरावट आएको छ । नेप्से १०.२५ अंकले घटेर २६९८.४४ विन्दुमा बन्द भएको छ । 

यस दिन कारोबार रकम भने सामान्य बढेको छ । आज ११ अर्ब ६५ करोड ९७ लाखभन्दा बढीको कारोबार भएको छ ।

सुपर मादी हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, रिदी पावर कम्पनी, खानीखोला हाइड्रोपावर, हिमालयन हाइड्रोपावरको मूल्य क्रमशः ९.९८, ९.९७, ५.३९ प्रतिशतले बढेको छ ।