Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

कांग्रेसले स्वीकृत गर्‍यो निर्वाचन परिचालन र प्रचार निर्देशिका, आजै प्रकाशित हुने

नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले निर्वाचन परिचालन र निर्वाचन प्रचार निर्देशिका स्वीकृत गरेको छ । उक्त स्वीकृत परिमार्जनसहित आजै प्रकाशित गर्ने भएको हो ।

प्रवक्ता देवराज चालिसेका अनुसार निर्देशिकाको बुँदा नम्बर २१ मा आ-आफ्नो क्षेत्रमा खटिनुपर्ने कुरा छ।

तोकिएको जिम्मेवारी लिएर अन्यत्र गएकाबाहेक अरू सबै तहका पार्टी पदाधिकारी र सदस्यहरू आआफ्नो क्षेत्र, पालिका र वडामा केन्द्रित रहनुपर्ने छ।

‘फागुन २१ को आमचुनावका लागि मेरो २१ दिन´ भन्ने प्रतिबद्धताका साथ फागुन १ देखि २१ गतेसम्म `जसको पदीय जिम्मेवारी जहाँ/उसले खट्ने त्यहाँ´ नीतिअन्तर्गत पार्टीका सबै साथीहरू चुनावी मैदानमा खट्नुहुनेछ,’ निर्देशिकामा उल्लेख गरिएको छ।

यधपी कांग्रेसले अनुशासन समिति गठन गर्ने निर्णय गरे पनि समितिको संसयोजक र सदस्यरूको नाम भने टुंग्याएको छैन ।