Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एकैदिन तोलामा साढे नौ हजारले बढ्यो सुन, चाँदी पनि बढ्यो

साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला साढे नौ हजार रुपैयाँले बढेर प्रतितोला तीन लाख ५०० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी यस दिन चाँदीको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर पाँच हजार १० रुपैयाँ किनबेच भइरहेको महासंघले जनाएको छ ।