सूर्यज्योति लाईफ इन्स्योरेन्सले कम प्रिमियममा ठूलो रकमको आजीवन बीमा सुरक्षा प्रदान गर्ने र ७० वर्षको उमेरपछि तिरेको सम्पूर्ण बीमाशुल्क फिर्ता हुने नेपालकै पहिलो तथा एक मात्र बीमा योजना ‘सूर्यज्योति सही प्लान’ सार्वजनिक गरिएको छ। बीमा नियामक निकाय बीमा प्राधिकरणको तथ्यांकअनुसार हाल नेपालमा करिब ४० प्रतिशतभन्दा बढी नागरिक जीवन बीमाको दायरामा छन्। यद्यपि, नेपाली जीवन बीमाको औसत बीमांक रकम वार्षिक करिब ६ लाखदेखि ६ लाख ५० हजार रुपैयाँसम्म मात्र रहेको देखिन्छ। आजको बढ्दो महँगी र असन्तुलित आर्थिक अवस्थालाई मध्यनजर गर्दा यस्तो सीमित बीमांकले भविष्यमा आइपर्न सक्ने आर्थिक जोखिम धान्न पर्याप्त नहुने विज्ञहरूको भनाइ छ।
विशेषज्ञहरूका अनुसार आम्दानीअनुसारको पर्याप्त बीमा नगर्दा भविष्यमा गम्भीर आर्थिक संकटको सामना गर्नुपर्ने जोखिम रहन्छ। समयमै सही निर्णय नलिँदा बीमित मात्र होइन, सम्पूर्ण परिवार नै आर्थिक समस्यामा पर्न सक्ने सम्भावना उच्च हुन्छ। यसै यथार्थलाई ध्यानमा राख्दै सूर्यज्योति लाइफ इन्स्योरेन्सले हालै ‘सूर्यज्योति सही प्लान’ बजारमा ल्याएको हो। यो योजनाअन्तर्गत वार्षिक करिब ४० हजारदेखि ४५ हजार रुपैयाँसम्मको प्रिमियम (उमेरअनुसार फरक पर्न सक्छ) तिरेर करिब २५ लाख रुपैयाँसम्मको आजीवन बीमा सुरक्षा लिन सकिने कम्पनीले जनाएको छ।
किन आवश्यक छ ठूलो बीमा ?
जीवनमा आइपर्न सक्ने विभिन्न जिम्मेवारीहरू—
बालबालिकाको शिक्षा
परिवारको उज्ज्वल भविष्य
घातक रोगको उपचार खर्च
आकस्मिक आर्थिक जोखिम
आश्रित परिवारको सुरक्षा
बुढेसकालको सहारा
यी सबै आवश्यकतालाई सम्बोधन गर्न पर्याप्त बीमा अपरिहार्य रहेको कम्पनीको भनाइ छ।
‘सही सोचौँ, सही रोजौँ’ नारासहित ल्याइएको योजना
‘सही सोचौँ, सही रोजौँ’ भन्ने मूल नाराका साथ ल्याइएको यो योजनाले थोरै प्रिमियममै दीर्घकालीन (आजीवन) सुरक्षा प्रदान गर्ने भएकाले हरेक नेपाली परिवारका लागि उपयुक्त हुने कम्पनीको दाबी छ। कम्पनीले ‘हरेक घर, एक बीमा’ अभियानअन्तर्गत यस योजनाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।
यसअघि बीमा लिइसकेका व्यक्तिहरूका लागि पनि ‘सूर्यज्योति सही प्लान’ दोस्रो बीमाको रूपमा उपयुक्त विकल्प हुन सक्ने बताइएको छ।
मुख्य विशेषताहरू
थोरै प्रिमियममा ठूलो बीमांक
७० वर्षपछि तिरेको सम्पूर्ण रकम फिर्ता
सीमित अवधिसम्म बीमाशुल्क तिरेपछि पनि आजीवन सुरक्षा
अन्य बचत बीमाभन्दा ५–६ गुणासम्म बढी आर्थिक सुरक्षा
अन्य बीमा योजनामा बीमा अवधि समाप्त भएपछि सुरक्षा समाप्त हुने भए पनि, यो योजनामा सीमित अवधि भुक्तानीपछि पनि आजीवन रक्षावरण कायम रहने कम्पनीले जनाएको छ।
अतिरिक्त तथा ऐच्छिक सुविधाहरू
दुर्घटनाबाट मृत्यु भए दोहोरो बीमा लाभ
दुर्घटनाबाट पूर्ण अशक्त भए बाँकी बीमाशुल्क पूर्ण छुट
बीमांकको आधारमा न्यूनतम १० वर्षसम्म मासिक अशक्त सुविधा
नेपालमै सर्वाधिक ३५ घातक रोगविरुद्ध ५० लाख रुपैयाँसम्मको उपचार खर्च सुरक्षा
आवश्यक पर्दा सहुलियत दरमा ऋण सुविधा
सूर्यज्योति लाइफ इन्स्योरेन्सले बीमा क्षेत्रमा पहिलो ऐतिहासिक मर्जर सम्पन्न गरी छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गरिसकेको जनाएको छ। कम्पनीले जीवन बीमा क्षेत्रमा पहिलोपटक ३५ घातक रोगविरुद्ध ५० लाख रुपैयाँसम्मको सुविधा प्रदान गर्नुका साथै आईएसओ ९००१-२०१५ प्रमाणपत्र प्राप्त गर्ने एकमात्र जीवन बीमा कम्पनी बन्न सफल भएको छ।
कम्पनीका अनुसार आफू र आफ्नो पश्चात सन्ततिको उज्ज्वल भविष्य सुनिश्चित गर्न ‘सूर्यज्योति सही प्लान’ वर्तमान समयको सबैभन्दा उपयुक्त र भरपर्दो जीवन बीमा योजना हो।