Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

४२ सय रुपैयाँ घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ४२ सय रुपैयाँले घटेर
दुई लाख ९१ हजार कायम भएको छ ।

बिहीबार (माघ २२) मा सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँ थियो । 

त्यसैगरी, चाँदी तोलामा २७० रुपैयाँले घटेर प्रतितोला चार हजार ७१० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।