Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

कुलमानले भने : जेन-जीको भावना अनुसार देशको परिवर्तन गर्ने लक्ष्य लिएर अघि बढेका छाैँ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भाषणले नभई जनताको मत जितेर आफ्नो पार्टीले देशको नेतृत्व गर्ने  बताएका छन् । बिहीबार जनकपुरमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

घिसिङले सामाजिक सञ्जाल चलाएर नभई जनतालाई डेलिभरी दिएर आफ्नो पार्टी स्थापित भएको बताएका छन् । उज्यालो पार्टीले जेन-जीको भावना अनुसार देशको परिवर्तन गर्ने लक्ष्य लिएर अघि बढेको समेत उनले बताए ।

घिसिङले भाषण गरेर कोही पनि प्रधानमन्त्री नहुने भन्दै कामले र जनताले चुनेपछि मात्रै प्रधानमन्त्री हुने दाबी व्यक्त गरे ।