साताको पाँचौ कारोबारको दिन बिहीबार नेपाली बजारमा सुनको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला नौ हजार ५०० रुपैयाँले घटेर दुई लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ ।
अस्तिको तुलनामा हिजो १४ हजार ४०० रुपैयाँले बढेर प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदी तोलामा ६२० रुपैयाँले घटेर प्रतितोला चार हजार ९८० रुपैयाँमा किनबेच हुने महासंघले जनाएको छ ।