Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

एकैदिन तोलामा साढे १४ हजारले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको तोलाको १४ हजार ४ सयले बढेर तोलाको ३ लाख ४ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९० हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २६५ रुपैयाँले बढेर तोलाको ५६ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५३३५ मा कारोबार भएको थियो ।