Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

लगातार घटिरहेको सुनको भाउ आज बढ्यो, कति पुग्यो तोताको ?

साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

केही दिनयता घटिरहेको सुनको मूल्य मंगलबार तोलामा ३७ सय रुपैयाँले बढेको हो ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँ तोकिएको छ ।

सोमबार (माघ १९) प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । 

त्यसैगरी, चाँदीको मूल्य तोलामा १३५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।