सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आइपिओ आज (आइतबार) देखि बिक्री खुला भएको छ।
कम्पनीले दोस्रो चरणमा १३ हजार ७९३ कित्ता कर्मचारीहरूका लागि र ३४ हजार ४८४ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरी बाँकी रहेको ५ करोड ७२ लाख ४३ हजार १०० रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका ५ लाख ७२ हजार ४३१ कित्ता सेयर निष्कासन गरेको हो।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेपछि सर्वसाधारणका लागि निष्कासन गरेको हो। सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
त्यस्तै ६ लाख ८९ हजार ६७५ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र ६८ हजार ९६७ कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
उक्त आइपिओमा माघ २१ गतेसम्म आवेदन दिन सकिनेछ भने सोही समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि फागुन ३ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।