Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बालेनको चुनावी प्रचारमा अछाम गएका व्यक्ति बेहोस, सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा अछाम गएका व्यक्ति बेहोस भएका छन् । उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।

नुवाकोटका ४४ वर्षीय दिनेश सिटौला आज बिहान एक्कासी बेहोस भएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । सिटौला काठमाडौंदेखि नै बालेनसँग चुनावी अभियानमा गएका थिए ।

उनलाई सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर काठमाडौं ल्याइएको अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले जानकारी दिए ।