साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) १७.५३ अंकले घटेको छ । आज नेप्से परिसूचक २७१४.०५ बिन्दुमा झरेर बन्द भएको हो ।
नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन १४,५६३,१३८,८६५ को कारोबार भएको छ । बिहीबार ८५ कम्पनीको सेयरमूल्य बढेको छ भने १७० वटाको घटेको छ। यस्तै, पाँच कम्पनी स्थिर छन्।
यसदिन ३२० वटा धितोपत्रको तीन करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयर किनबेच भएको हो।
यसदिन हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.२३ प्रतिशतले घटेको छ।उक्त कम्पनीको प्रतिकित्ता मूल्य २१३ रूपैयाँ पुगेको छ।
यस्तै, शिभश्री हाइड्रोपावरको मूल्य ९।१९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य १९६ रूपैयाँ पुगेको छ।यसैगरी, यसदिन तीन कम्पनीमा नकारात्मक सर्किट लागेको छ।
कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतका दरले घटेको छ।
बिहीबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।उक्त कम्पनीको प्रतिकित्ता ४३० रूपैयाँमा ५९ करोड ९९ लाख बराबरको सेयर कारोबार भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एसवाई प्यानल रहेको छ छ। उक्त कम्पनीको एक हजार ९४० रूपैयाँमा ५२ करोड २९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ।