Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

के छ हर्क साम्पाङले निर्वाचन आयोगलाई फर्काएको जवाफमा?

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेको आरोपलाई पूर्णतः खण्डन गर्दै ‘रहर’ र ‘पूर्वाग्रह’ भन्दै आफ्नो बचाउ गरेका छन् ।

आयोगलाई बुधबार स्पष्टीकरण दिँदै साम्पाङले कुनै पनि स्थान वा समयमा बालबालिकालाई निर्वाचनमा खटाउने निर्णय वा निर्देशन नदिएको र बालबालिकाहरुले ‘रहरले’ टिसर्ट लगाएका हुन सक्छन् भन्दै आफ्नो बचाउ गरेका हुन् ।

त्यस्तै, उनले विदेशमा रहेका शुभचिन्तकहरूले आफ्नै खर्चमा आफ्नो फोटो अंकित टिसर्ट छापेर पठाएको पनि बताएका छन् । उनले आफूसँग ‘लाखौं समर्थक र विशाल चुनाव परिचालन समिति’ रहेको उल्लेख गर्दै बालबालिकाको सहारा लिनुपर्ने कुनै आवश्यकता नरहेको दाबी पनि गरेका छन् । निर्वाचन आचारसंहितामा बालबालिकालाई कुनै पनि प्रकारको निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न निषेध गरिएको छ ।

624357668_1438765951378464_5754685380752606313_n-1076x1536.jpg

undefined