राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सागर ढकालले डडेलधुरा पुगेर स्थानीयवासीसँग माफी मागेका छन्।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) सँगै सुदूरपश्चिम भ्रमणमा रहेका ढकालले डडेलधुरामा खिचिएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै डोटेली भाषामा माफी मागेका हुन्।ढकालले फेसबुकमा लेखेको सन्देशमा डडेलधुरावासीप्रति आभार व्यक्त गर्दै आफ्ना कमजोरी स्वीकार गरेका छन्।
उनले डोटेली भाषामा लेखेका छन्, “डडेलधुराका मान्सलाई धेरै–धेरै धन्यवाद। तमरो १३,०४२ मतले अब यो देश बन्नाउन लाग्या छ। ठुला सपना धेख्दा साना–तिना गल्ती हुनाइछन, माफ गरिदिया। तमरो माया कइलेइ नभुलुँलो। डडेलधुराबाटी गुल्मी जान लाग्या छु, फेरि छिट्टै भेटौँला।”