Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

डडेलधुरा पुगेर बालेन भन्छन्- सुदूर अब दूर नाई…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले सुदूर अब टाढा नरहेको बताएका छन् । बुधबार डडेलधुरा पुगेर हिउँ परेको सडकमा उभिएको तस्बिर राख्दै उनले सुदूर अब दूर नभएको बताएका हुन् । उनले सुदूरपश्चिमका जनतालाई धेरै माया दिनेसमेत उल्लेख गरेका छन् ।

सुदूरपश्चिमकै भाखामा बालेनले फेसबुकमा लेखेका छन्–
‘सुदूर अब दुर नाई,
झिकै झिकै माया तम्लाई ।’