मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सेन्ज (नेप्से)का अनुसार यस दिन बजार ४२.५८ प्रतिशतले घटेर २७२६.५१ विन्दुमा झरेको छ ।
मंगलबार १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।आज ३३३ कम्पनीको कारोबार हुँदा २२४ कम्पनीको मूल्य घटेको छ । ३४ कम्पनीको मूल्य बढेको छ भने दुईवटाको स्थिर रहेको छ ।
यस दिन कुनै पनि कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्न सकेन । सप्तकोसी डेभलपमेन्ट बैंकको मूल्य ७८ रुपैयाँ ९८.५६ प्रतिशत०ले बढेको छ ।
समूहगत सूचकका आधारसमा सबै समूह राताम्य छन् । म्युचुअल फन्डको भने स्थिर छ ।