Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

मानव अधिकार आयोगले भन्यो- 'घृणाजन्य अभिव्यक्ति बन्द गर'

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन आउँदै गर्दा राजनीतिक दलका जिम्मेवार नेताहरूबाट भइरहेका अमर्यादित र घृणाजन्य अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

मंगलबार आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै विगत केही दिनयता एकअर्काप्रति लगाइएका आक्षेप र घृणा फैलाउने खालका भाषणहरूले समाजमा अराजकता फैलाउने भन्दै यस्ता गतिविधि तत्काल बन्द गर्न ध्यानाकर्षण गराएको हो ।

आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि त्यसले अरूको मर्यादामा चोट पुर्‍याउने र शान्ति सुरक्षामा आँच पुर्‍याउन नहुने उल्लेख गरिएको छ। 

घृणाजन्य अभिव्यक्तिले निर्वाचनको समयमा सुरक्षा चुनौती थप्ने र लोकतान्त्रिक मूल्यमान्यतालाई कमजोर बनाउने आयोगको ठहर छ। यधपी आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकार र सामाजिक सद्भावप्रति सधैँ ध्यान पुर्‍याउन जिम्मेवार व्यक्तिहरूलाई आग्रह गरिएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।