Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

चुनावका लागि महावीर पुनले मागे आर्थिक सहयोग

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका पूर्व शिक्षामन्त्री महावीर पुनले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आर्थिक सहयोग मागेका छन्  । 

सामाजिक सञ्जालमा बैंक खाता विवरण र क्यूआर कोद सार्बजनिक गर्दै पुनले सहयोग मागेका हुन् । उनले बनेका छन्- 'धेरै साथीहरूले मलाई चुनावमा सहयोग गर्न भनेर बैंक खाता र क्यूआर कोड माग्नुभएको थियो । धेरै समर्थकको अनुरोध आएकाले चुनावका लागि मात्र भनेर मैले यो नयाँ खाता खोलेको छु । यो खाताको हिसाबकिताब पूर्ण पारदर्शी बनाउनेछु ।' 

उम्मेदवार बनेपछि पुनले गर्ने प्रचार शैली र उठाएका विषय अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । 

धेरै जसोले चुनाव गराउने जिम्मेवारी लिएर मन्त्री बनेकोमा छोडेर उम्मेदवार बन्न आएको भन्दै आलोचना गरेपछि उनले त्यसको खण्डन गर्दै आफुले अहिलेको सरकारमा भनेजस्तो काम गर्न नसक्ने देखेपछि छोडेर चुनावमा होमिएको बताउदै आएका छन् ।