राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चुनावी अभियानका लागि अहिले सुदूरपश्चिमको कैलाली पुगेका छन्। उनले कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा पुगेर पार्टीका उम्मेदवारहरूको सम्पर्क कार्यालयको अवलोकन गरेका हुन् ।
शाहले स्थानीय समर्थकहरूसँग साक्षात्कार गर्नुका साथै कैलाली निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार कोलम ज्ञवाली, क्षेत्र नं. २ का केपी खनाल, क्षेत्र नं. ३ का जगत प्रसाद जोशी, क्षेत्र नं.४ का खेमराज कोइराला र क्षेत्र नं.५ का आनन्द चन्दको सम्पर्क कार्यालयमा पुगी चुनावी तयारीबारे जानकारी लिएका हुन्।
बालेन पुगेका प्रत्येक कार्यालयमा समर्थकहरूको उल्लेख्य उपस्थिति देखाएका छन् । काठमाडौंको मेयर पद त्यागेर देशव्यापी अभियानमा होमिएका बालेनको उपस्थितिले कैलालीका उम्मेदवार कार्यकर्ता तथा यूथहरुमा नयाँ ऊर्जा थपेको देखिन्छ ।