Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

चुनावका बेला हतारमा आउने, फोटो खिच्ने र छु–मन्तर भएर हराउने नेता होइन : गगन थापा

नेपाली कांग्रेसका सभापति नवनिर्वाचित गगन थापाले आफू सर्लाहीका जनतासँग केवल मत माग्नका लागि मात्र नभइ त्यहाँको माटो र मानिससँग भावनात्मक सम्बन्ध गाँस्न चाहेको बताएका छन्। मंगलबार सर्लाहीको बलरा नगरपालिकामा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । 

थापा सर्लाही-४ का उम्मेदवार समेत रहेका र आफू चुनावमा अनुहार देखाएर हराइहाल्ने पाहुना नेता नबन्ने समेत बताए । यधपी थापाले अन्य नेताहरू जस्तो चुनावका बेला हतारमा आउने, फोटो खिच्ने, हात हल्लाएर औपचारिकता निभाउने र पछि छु–मन्तर भएर हराउने प्रवृत्ति आफूमा नभएको पनि बताए । 

'म यहाँको जनप्रतिनिधि भइसकेपछि ६ महिना एक वर्ष नै लागोस्, तर म यहाँको भाषा सिकेर, सबैलाई नामले चिनेर फरर भाषण गर्ने हैसियत बनाएरै छाड्छु, 'उनले भने ।

उनले आफू काठमाडौंको सांसद हुँदा नेवार नभएर अथवा आफू अर्को जाताको हुँदा पनि त्यहाँको नेवार समुदायको संस्कृति, जात्रा र पर्वमा घुलमिल भएर नेवार जातिको विश्वास जितेका स्मरण गरे ।