Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान, तोलामा ३ लाख ९ हजार ३ सय पुग्यो

लगातार उकालो लागिरहेको सुनको मूल्य आज मंगलबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले वृद्धि भएको हो।

मंगलबार सुनको मूल्य तोलाको ३ लाख ९ हजार ३०० रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो। अघिल्लो दिन सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ रहेको थियो।

यससँगै चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार मंगलबार चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले बढेर ६ हजार ८७० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ६ हजार ७६५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको उतारचढाव, लगानीकर्ताको बढ्दो आकर्षण र स्थानीय मागका कारण सुनचाँदीको मूल्य निरन्तर बढिरहेको व्यवसायीहरू बताउँछन्।