निर्वाचन आयोगले देशका ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत तोकेको छ । चुनावी खर्चसहित समग्र निर्वाचन प्रक्रिया अनुगमन गर्ने उद्देश्यले अधिकृत खटाइएको हो ।
आयोगका अनुसार सहायक प्रमुख जिल्ला अधिकारीलाई समग्र आचारसंहिताको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ । यस्तै, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई आर्थिक गतिविधि, चुनावी खर्च, लेखा राखेरनराखेको, सम्पत्ति विवरण पेस गरेरनगरेको तथा निर्वाचन कार्यालयमा घोषणापत्र पेस गरेरनगरेको विषय हेर्ने जिम्मेवारी तोकिएको छ ।
आयोगका एक अधिकारीका अनुसार आचारसंहिता उल्लंघनमा स्पष्टीकरण सोध्ने अधिकारसमेत अनुगमन अधिकृतलाई दिइएको छ । ुआयोगबाट मात्रै भ्याइने कुरा हुँदैन । अनुगमन अधिकृतले पनि त्यो काम गर्नुपर्ने हुन्छ,ु ती अधिकारीले भने ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका क्रममा आचारसंहिता उल्लंघनसम्बन्धी उजुरीका आधारमा यसअघि आयोगले आफैं स्पष्टीकरण सोध्दै आएको थियो ।