सोमबार (माघ १२) गते सेयर बजार सामान्य अंकले घटेको छ । यस दिन बजार ३.०७ ले घटेर २७६९.०९ विन्दुमा बन्द भएको छ ।
कारोबार रकमका आधारमा पनि १६ अर्ब ३५ करोड ५७ लाखभन्दा बढीको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन १३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।
आज ३३२ कम्पनीको कारोबार भयो, जसमा ८८ कम्पनीको मूल्य बढ्यो भने १६५ को घट्यो । यस्तै, सात कम्पनीको मूल्य स्थिर रह्यो ।
यस दिन पाँच कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा एसवाई प्यानल, हिमस्टार ऊर्जा कम्पनी, सान्भी इनर्जी, सप्तकोसी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो रहेका छन् ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा हिमालयन पावर पार्टनर कम्पनी भएको छ । उक्त कम्पनिको ६५ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा आँखुखोला जलविद्युत् र तेस्रोमा मञ्जुश्री फाइनान्स छन् ।