Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

कांग्रेसले थाल्यो चुनावी घोषणापत्र निर्माण

नेपाली कांग्रेसले निर्वाचन क्षेत्रबाट प्राप्त सुझाव र विज्ञको परामर्शमा चुनावी घोषणापत्रको निर्माण थालेका छन् ।

घोषणापत्रमा परिवर्तनको संवाहक शक्तिका रूपमा कांग्रेसलाई प्रस्तुत गर्ने तयारी छ । पार्टी सभापति गगन थापा माघ ११ गते आफूले उमेदवारी दिएको निर्वाचन क्षेत्र सर्लाही–४ गएका छन् । 

थापा आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग प्रारम्भिक छलफल गरेर माघ १६ गते काठमाडौं फर्कनेछन् । उनी काठमाडौं–४ छाडेर सर्लाही ४ बाट उमेदवार बनेका हुन् ।