नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार एकै दिन सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज सोमबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार पुगेकाे छ। यसअघि आइतबार सुनको मूल्य तोलामा ३ लाख ३ हजार ८ सय रुपैयाँ रहेको थियो। यो सुनको मूल्य हालसम्मकै उच्च हो ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा ६ हजार ७ सय ६५ रुपैयाँ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य तोलामा ६ हजार ४ सय ८० रुपैयाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, अमेरिकी डलरको विनिमय दरमा उतारचढाव तथा भू–राजनीतिक अस्थिरताका कारण नेपाली बजारमा पनि सुनको मूल्यमा वृद्धि भएको जनाइएको छ।