Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा एक सय ९१ मत खस्यो

राष्ट्रियसभा सदस्यको निर्वाचनमा कर्णाली प्रदेशमा १९१ जनाले मतदान गरेका छन् ।

कर्णाली प्रदेशसभाका ४० सदस्यमध्ये ३९ जना, ७९ स्थानीय तहका १५८ जनप्रतिनिधिमध्ये १५२ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी नन्दराम चौलागाईंले जानकारी दिए ।

उक्त निर्वाचनमा चार जनाले मनोनयन दर्ता गराएका थिए । केहीबेरमा मतगणना थालिने उनले बताए । 

अन्य क्लस्टरबाट नेपाली कांग्रेसका ललितजङ्ग शाही र नेपाली कम्युनिष्ट पार्टीका बुद्धिप्रसाद शर्मा तथा महिला क्लस्टरबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) की मीनासिंह रखाल र नेपाली कम्युनिष्ट पार्टीकी अञ्जु महताराले उम्मेदवारी दिएको थियो ।