Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

साँझ पाँच बजेसम्म राष्ट्रिय सभाको एकमुष्ट नतिजा आइसक्छ : रामप्रसाद भण्डारी

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले साँझ पाँच बजेसम्म राष्ट्रिय सभा सदस्य निर्वाचनको एकमुष्ट नतिजा सार्वजनिक हुने बताएका छन् ।

रिक्त १८ राष्ट्रिय सभा सदस्य पदका लागि सातै प्रदेशमा आइतबार बिहान ९ बजेदेखि मतदान भइरहेको छ । त्यसमध्ये कोशी प्रदेशको १ पद निर्विरोध भैसकेको छ । 

‘राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान ३ बजेसम्म हो, त्यसपछिको २ घण्टा अर्थात ५ बजेभित्र नतिजा आइसक्छ, उनले भने।

उनले सबै प्रदेशमा शान्तिपूर्ण मतदान भइरहेको जानकारी दिए ।